संसदमा कांग्रेसले भन्यो- गृहमन्त्रीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो

संसदमा कांग्रेसले भन्यो- गृहमन्त्रीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमाकांग्रेसका सांसद संजयकुमार गौतमले गृहमन्त्री रवि लामिछानेका सम्बन्धनमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएका हुन् ।

त्यस्तै उनले गृहमन्त्रीकोको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको दावी गरे । ‘हामीले जवाफ खोज्यौ प्रधानमन्त्रीले न्यायाधीश जस्तो, हुकुम प्रमाङ्गी दिने राजा महाराजा जस्तो क्लिन चिट दिने जस्तो प्रयास गर्नुभयो । त्यतिमात्र हैन, सुरक्षा निकायका प्रमुख जो वर्तमान नेतृत्वमा हुनुहुन्छ उहाँले समेत यो विषयमा फासफुस ढङ्गले क्लिन चिट दिने गर्नुभयो ।प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ ।’, उनले भने ।

यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा बोल्दै सहकारी हिनामिना प्रकरणमा गृहमन्त्रीको संलग्नता कतै नदेखिएको बताएका थिए ।