काठमाण्डु – बागमती प्रदेशसभा बैठक सुरु भएको छ ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ ।
सोमबार दिउँसो १ बजे बैठक बोलाइएको भए पनि सत्ता गठबन्धनका १ सांसद नआएपछि बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।
दिउँसो अनुपस्थित नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर प्रदेश सभामा पुगेपछि बैठक सुरु भएको छ ।
प्रदेशसभा सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरिएको बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नेछन् ।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । हाम्रो नेपाली पार्टीका २ सांसद पनि मुख्यमन्त्रीकै पक्षमा छन् ।
प्रदेश सभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद विपक्षमा देखिएका छन् ।




प्रतिक्रिया