गल्फ लुब्रिकेन्ट्सद्वारा फ्याक्ट्रीका मेकानिक्सलाई टेक्निकल प्रशिक्षण सञ्चालन

गल्फ लुब्रिकेन्ट्सद्वारा फ्याक्ट्रीका मेकानिक्सलाई टेक्निकल प्रशिक्षण सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको थियो ।

नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुँने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि बिस्तृत जानकारी गराईएको थियो ।

नेपाल ल्यूब आयलको ल्याबमा भएको बिभिन्न डिजिटल उपकरण मार्फत लब्रिकेंट्सको १७ थरी भन्नदा बढ़ी पैरामीटर मापदंडमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाईने गरेको थाहा पाउदा, सही वस्तु उपयोग गरिएको रहेछ भनेर सर्बै ढुक्क भएको अवलोकनमा सहभागी एक मैकनिक्सले बताए ।

नेपालमै एक मात्र कम्पनि जसले उच्च गुणस्तरको ग्रेड बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष भन्दा धेरै देखि सो भन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति अझै धेरै विश्वास बढेको खुशी मेकानिक्सहरुले व्यक्त गरेका छन् ।

सहभागी सबैलाई सर्टिफिकेट सर्टिफिकेट र खादा ओडाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने,“मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र येही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्।

गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागुगरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।

नेपालयुब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए ।

उनले नेपाल ल्युब आयलको अटोमोबाइल देखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।