रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले छुट्टै भेटेपछि सिंहदरबार पुगे रेशम चौधरी

रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले छुट्टै भेटेपछि सिंहदरबार पुगे रेशम चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले नयाँ सत्ता गठबन्धनमा सामेल हुन रेशमसँग आग्रह गरे । प्रधानमन्त्रीलाई जवाफ दिदैँ रेशमले चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र सोही बैठकले सत्ता गठबन्धनको बारेमा निर्णय गर्ने बताए ।

आज बिहान मात्रै नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका थिए । श्रेष्ठसँग प्रधानमन्त्रीले छुट्टै भेटवार्ता गरेपछि रेशम सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

पछिल्लो समय अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा दुबै पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।