संसद्मा उठ्यो कञ्चनपुरका उखु किसानको समस्या, अनुदान दिन सांसद तामाङको माग

संसद्मा उठ्यो कञ्चनपुरका उखु किसानको समस्या, अनुदान दिन सांसद तामाङको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद तारा लामा तामाङले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आए पनि कञ्चनपुरमा ७०० किसान छुटेका बताए ।

प्रतिक्विन्टल ७० रुपैयाँका दरले २६ करोड ३४ लाख ९५ हजार ३८७ बाँड्दा पनि उखु किसान छुटेका उनले बताए । ‘माग गरिएकामध्ये २५६ जना छुटेका छन् । त्यसबाहेक ४५० गरी करीब ७०० किसानलाई यथाशीघ्र अनुदान निकासा होस्,’ उनले भने ।

सांसद तामाङले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई स्थानीय तहमार्फत अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिए । उनले भने, ‘आगामी आवदेखि स्थानीय तहमार्फत व्यवस्थित रूपमा अनुदान उखु किसानलाई उपलब्ध गराउन अनुरोध गर्दछु ।’