कर्णालीका मुख्यमन्त्री शर्माले लिएनन् विश्वासको मत, प्रदेशसभा बैठक स्थगित

कर्णालीका मुख्यमन्त्री शर्माले लिएनन् विश्वासको मत, प्रदेशसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूचीसहित तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री शर्माको विश्वासको मत लिने कार्यसूची बुधबार सार्न आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

विशेष कारणवश आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्न असमर्थ रहेकाले बैठक बुधवारका लागि सार्न मुख्यमन्त्री शर्माले पत्राचार गरेका छन् ।

मुख्यमन्त्री शर्माले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०।१२।२० गते कर्णाली प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनहुन कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम (५) बमोजिम सूचना गरेकोमा विशेष कारणवश सो मितिमा प्रस्ताव पेश गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०।१२।२१ गते सारी प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनहुन पुनः कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम (५) बमोजिम सूचना गरेको छु ।’

सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्री नेकपा एमालेले पाएको छ । तर शर्मा आफैं मुख्यमन्त्री रहिरहन चाहन्छन् । सत्ता गठबन्धनभित्र कुरा नमिल्दा विश्वासको मत लिने कार्यमा अलमल देखिएको छ ।