बागमती प्रदेशमा एमालेका ४ मन्त्री नियुक्त, प्रदेश प्रमुखबाट शपथ ग्रहण

बागमती प्रदेशमा एमालेका ४ मन्त्री नियुक्त, प्रदेश प्रमुखबाट शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका छन् ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठले शपथ ग्रहण गरेका छन् ।