मलेसियामा रहेका जीवी राईलाई गृहमन्त्रीले जोगाएर राख्नुभयाे: सांसद शर्मा

मलेसियामा रहेका जीवी राईलाई गृहमन्त्रीले जोगाएर राख्नुभयाे: सांसद शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान कायमै राखेको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने बताएका हुन् ।

उनले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति नबनाएसम्म नेपाली कांग्रेस आफ्नो मागबाट पछि नहट्ने दावी गरे । ‘आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौं। कसैलाई भ्रम नहोस्। कतिपयलाई भ्रम परेको छ । कांग्रेसले उठाएको यो मुद्दा टुंगिँदैछ। सत्ताको समीकरण खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ। कुनै चाल छैन।’, शर्माले भने ।

उनले रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पद प्रस्ताव गरेको भए प्रमाण ल्याउन पनि आग्रह गरेका छन्। त्यस्तै शर्माले जीवी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा रहेको आफूहरूले सूचना पाएको बताए । गृहमन्त्री लामिछानेले जीवी राईलाई जोगाएर राखेको शर्माको दावी छ ।

‘माघ १६ गते रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो। खरो स्वरमा बोलेर भन्नुभयो सरकारले जीवी राईलाई पक्राउ गर्न चाहेन। खोज्नै चाहेन। अहिले बोल्दै गर्दा भनिदिनुभयो आकाशमा होलान्, पातालमा होलान् हामी लिएर आउँछौँ। मलेसियामा छन् दुनियाँलाई थाहा छ। मलेसियाको कानून पनि हेर्नुहोला। जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ।’, उनले भने ।