सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन अध्यक्ष श्रेष्ठको ‘ह्वीप’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन अध्यक्ष श्रेष्ठको ‘ह्वीप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन पार्टीका सांसदलाई ह्वीप जारी गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले विश्वासको मतको विपक्षमा मत दिन निर्देशन दिएकी छन् ।

‘नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न हुन निर्देशन सहितको ह्वीप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ अध्यक्ष श्रेष्ठको निर्देशन छ ।

मुख्यमन्त्री शाहले भोलि बिहीबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्, तीमध्ये कांग्रेस नेतृत्वको सरकारमा ५ जना मन्त्री बनेका छन् ।

कूल ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका १/१ सांसद छन् ।