लुम्बिनी प्रदेशसभा बैठक भोलि अपराह्न बस्ने

लुम्बिनी प्रदेशसभा बैठक भोलि अपराह्न बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले भोलि बिहीबार प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराह्न ४ बजे बैठक बोलाएका छन् ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सूचना टाँस गर्दै बैठक बोलाइएकोबारे जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची छ ।