काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधबार हुने भएको छ ।
आज बुधबार बसेको राष्ट्रियसभा बैठकले उपाध्यक्ष पदको निर्वाचनको मिति तोकेको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधबारका लागि तोकेको घोषणा गरेका छन् ।
नियमावलीबमोजिम संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न उनले निर्देशन दिए ।
उनले भने, ‘माननीय सदस्यहरू, राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम संघीय संसद्को महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।




प्रतिक्रिया