पार्टी निर्देशनविपरीत विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

पार्टी निर्देशनविपरीत विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राखेका छन् ।

पार्टी केन्द्रले सत्ता गठबन्धनको भागबण्डाअनुसार राजीनामा दिएर नेकपा एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्न निर्देशन दिए पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका छन् ।

प्रदेशसभा बैठकमा ‘विश्वासको मत पाऊँ’ भन्ने प्रस्ताव पेश गर्दै उनले भने, ‘प्रदेश विकासका लागि राजनीतिक स्थायित्व पनि चाहिन्छ । मैले मुख्यमन्त्री बन्दै गर्दा देखेका सपनाहरू कार्यान्वयनका क्रममा छन् ।’

राजनीतिक स्थायित्व कायम राखेर कर्णालीले नयाँ संसदीय मानक बनाउन आग्रह गर्दै उनले भने, ‘कर्णालीका वासिन्दाहरूको सुन्दर सपनामाथि कुठाराघात नगरौं । पक्ष–विपक्ष एकमत भएर जाऔं । मलाई विश्वासको मत दिनुस् ।’

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । मुख्यमन्त्री शर्मा पदमा कायम रहन कम्तीमा २१ सांसदले समर्थन चाहिन्छ ।