कर्णालीका मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत

कर्णालीका मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिएको राजीनामा स्वीकृत भएको छ ।

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार राजीनामा स्वीकृत भएको जनाएका छन् ।

मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा राजीनामा दिएको घोषणा गरेका थिए । उनी २०७९ पुस २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका थिए ।