काठमाण्डु – लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
बिहीबार नै सत्ता साझेदार दलहरूको बैठकले महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो ।
महरालाई एमालेका २९, माओवादीका १०, जसपाका ३,नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ सांसदले समर्थन गरेका छन् । बिहीबार कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाको विशेष अधिवेशनलाई गरेर पदबाट राजीनामा दिएका हुन् ।




प्रतिक्रिया