लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचननले आज शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।