काठमाण्डु – आगामी वैशाख १५ गते हुने उपचुनावका लागि मतदानस्थल र केन्द्र स्वीकृत भएको छ ।
निर्वाचन आयोगका अनुसार ईलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तथा बझाङको प्रदेशसभा १(१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।
आयोगले यसअघि बिहीबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ ईलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि १ लाख १५ हजार ८८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १(१) मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् ।
उपचुनावको कार्यतालिकाअनुसार शनिबार उम्मेदवारी मनोनयन हुनेछ । निर्वाचन आयोगका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।




प्रतिक्रिया