बर्दिया – २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गुलरिया नगरपालिका–६ शान्तिटोल बस्ने ५७ वर्षीय साहिल अहमद मनिहारलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
साहिलले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया