काठमाण्डु – तत्कालीन माओवादी सेनाका कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
व्यवसायी रामहरि श्रेष्ठको हत्या मुद्दामा १५ वर्षपछि पक्राउ परेका खामलाई थुनामा पठाउन जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
२०६५ वैशाख २८ गते श्रेष्ठको हत्या हुँदा खाममाथि प्रमुख योजनाकारको अभियोग लागे पनि उनी १५ वर्षसम्म पक्राउ परेका थिएनन् । बुधबार उनी ठमेलबाट पक्राउ परेका थिए ।
घटनामा तत्कालीन तेस्रो डिभिजन शिविरका ब्रिगेड कमान्डर गोविन्द बटाला पक्राउ परेका थिए । अन्य २ अभियुक्त केशव अधिकारी र गंगाराम थापा अझै फरार रहेका छन् ।




प्रतिक्रिया