अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

मोरङको पथरिशनिश्चरे नगरपालिका–९ मंगलबारे डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम, नगद ७० हजार रूपैयाँ, मोबाइल २ थानसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरिशनिश्चरे नगरपालिका–८ बस्ने ३२ वर्षीय भिमराज राइ र २७ वर्षीय पुष्प मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थ र नगदसहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट करीब १२ किलो ९०० ग्राम गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र हेटौंडा उपमहानगरपालिका–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलान रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे१ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट अवैध लागूऔषध गाँजा करीब ६ किलो ५०० ग्राम र रोजिनाको साथबाट अवैध लागूऔषध गाँजा करीब ६ किलो ४०० ग्रामसहित उनीहरूलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।