काठमाण्डु – वैशाख १५ गते हुने उपचुनावका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङसहित ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ७ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
एमालेबाट नेम्वाङ, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङको उम्मेदवारी दर्ता भएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बू र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया