सभामुखसहितको समर्थनमा गण्डकीको मुख्यमन्त्रीमा पेस गरिएको दाबी असंवैधानिक

सभामुखसहितको समर्थनमा गण्डकीको मुख्यमन्त्रीमा पेस गरिएको दाबी असंवैधानिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि पेस गरिएको दाबी असंवैधानिक रहेको बताएको छ ।

गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले पेस गरेको दाबी असंवैधानिक रहेको बताएका हुन् ।

आइतवार अधिकारीले एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ र सभामुख कृष्ण धितालको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

कांग्रेस नेता पाण्डेले सभामुखले पदबाट नहटीकन समर्थन गर्न पाइँदैन भनेर सर्वोच्च अदालतको मर्म रहेको बताए । बहुमत सदस्यको हस्ताक्षरसहित बुझाउनुपर्ने र बहुमत पुर्‍याउन नसक्ने भएकै कारण दलका तर्फबाट पेश गरिएको पाण्डेको भनाइ छ ।

असंवैधानिक भएकाले खगराजलाई मुख्यमन्त्री नबनाउन उनले आग्रह गरेका छन् । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ ।