उपनिर्वाचन : उम्मेदवारको नाम आज प्रकाशन गरिने

उपनिर्वाचन : उम्मेदवारको नाम आज प्रकाशन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिने भएकाे छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । आइतबार साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।

आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

साथै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।