सभामुखले बोलाएको चार दलको बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको चार दलको बैठक निष्कर्षविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ । सोमवार सभामुखसहित चार दलको बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो ।

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान कायम राखेपछि बैठक निष्कर्षविहीन टुंगिएको जनाइएको छ । साथै सत्तापक्ष दलका नेताहरु समिति गठन गर्न अस्वीकार गरेका छन् ।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको छ ।