आगलागीस्थलमा गृहमन्त्रीद्वारा निरीक्षण, एआईजीको नेतृत्वमा छानबिन समिति गठन

आगलागीस्थलमा गृहमन्त्रीद्वारा निरीक्षण, एआईजीको नेतृत्वमा छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाममा भएको आगलागीस्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले निरीक्षण गरेका छन् ।

आज सोमबार साँझ निरीक्षणका क्रममा उनले आगलागी घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरीले घटनाको छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । कार्यविभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् ।