काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा आन्तरिक विवाद चर्किंदै गएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन् । केन्द्रीय अध्यक्षको निर्देशन अवज्ञा गर्दै घनश्याम सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री बनेका थिए ।
अध्यक्ष श्रेष्ठले सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन् ।




प्रतिक्रिया