गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे: ज्ञानेन्द्र शाही

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे: ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताएका हुन् ।

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए ।

उनले सहकारीमा लाखौ पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।