कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी एक सांसद छन् । २१ सांसद भए बहुमत पुग्नेमा कँडेललाई २३ सांसदको समर्थन छ ।