यूएईको बाढीमा परी १ नेपालीको मृत्यु

यूएईको बाढीमा परी १ नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी १ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको आबुधाबीस्थित नेपाली दुतावासले जनाएको छ ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेका दुतावासले जनाएको छ । उनले स्थानीय वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको बताइएको छ ।

यूएईमा २ दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जनाएको छ ।