बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – बुवा ७६ वर्षीय रापबहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा म्याग्दे गाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक विकलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।