त्रिविमा ऐन बिपरित प्राध्यापक बढुवाको बिज्ञापन रोक्न अनेरास्ववियुको ध्यानाकर्षण

त्रिविमा ऐन बिपरित प्राध्यापक बढुवाको बिज्ञापन रोक्न अनेरास्ववियुको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले निकट विद्यार्थी संगठन त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

अनेरास्ववियुले त्रिविले कानुनका प्राध्यापक पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापन बदनियर्णू भएको भन्दै ध्यानाकर्षण गराएको छ । त्रिविको बिज्ञापनमा अनुसन्धानका कृतिहरुलाई नजरअन्दाज गरेर निकट सह प्राध्यापकहरुलाई बढुवा गर्ने उदेश्य देखिएको अनेरास्ववियुको दावी छ ।

सेवा आयोगका सदस्य समेत रिक्त भएको अवस्था रहेकाले त्रिवि सेवा आयोगले उक्त गैरप्राज्ञिक बिज्ञापनलाई स्थगित गरेर संशोधित ऐनका आधारमा नयाँ बिज्ञापन खोल्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले माग गरेको छ ।

‘अनेरास्ववियु त्रिवि जिल्ला कमिटी सेवा आयोगले पुरानो ऐनमा टेकेर प्राध्यापक बढुवाको बिज्ञापन निकालेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटी सेवा आयोगलाई ऐन नियमभन्दा बाहिर गएर बिज्ञापन नखोल्न हार्दिक आग्रह गर्दछ ।’, अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेको छ । तर शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको अनेरास्ववियुले जनाएको छ । हाल जारी गरेको विज्ञापन खारेज गरेर अर्को सूचना जारी गर्न अनेरास्ववियुलेले सात दिनको अल्टिमेटम दिएको छ ।