अश्लिल गतिविधि सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

अश्लिल गतिविधि सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अश्लिल गतिविधि सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ ठेगाना भई काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पाथीभरा माता नाम गरेको फेक फेसबूकमार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दुःख हैरानी दिएको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाण्डुबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।