संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने डा. कोइरालाको चेतावनी

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने डा. कोइरालाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् ।

सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै उनले प्रश्न गरे ।

मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘रुख चिह्नमा मत हालेर डम्बर खड्कालाई जिताएर पठाउनोस्, ईलाम–२ को विकासको जिम्मा म लिन्छु ।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए । कांग्रेस सधैं पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेसबाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरेका छन् ।

पहिचान चाहनेहरूले कांग्रेस उमेदवार खड्कालाई मत दिनुपर्ने उनले बताए । ‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ,’ उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’