यस्तो भन्छन् मतदान गरेपछि सुहाङ नेम्वाङ

यस्तो भन्छन् मतदान गरेपछि सुहाङ नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत मतदान गरेपछि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

शनिवार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मतदान गरेपछि आफू चुनाव जित्नेमा विश्वस्त रहेको उनले बताएका हुन् । साथै सुहाङले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए ।

उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताएका हुन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।