ह्वात्तै बढाए एमाले उम्मेदवार सुहाङले इलाममा मतान्तर

ह्वात्तै बढाए एमाले उम्मेदवार सुहाङले इलाममा मतान्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउदैँ लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी ल्याएका हुन् ।नेम्वाङले तीन हजार २४९ मत पाएका छन् भने कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाएका छन्

। तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।