यी हुन् उपनिर्वाचनमा घण्टी नबजेपछि रास्वपाले भनेका ५ कुरा

यी हुन् उपनिर्वाचनमा घण्टी नबजेपछि रास्वपाले भनेका ५ कुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको मत परिणामबारे गहनरुपमा छलफल गर्ने भएको छ ।

मंगलवार रास्वपाका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा गहन छलफल गर्ने जानकारी दिएका हुन् । निर्वाचनको परिणामले रास्वपाको कमिकमजोरी रहेको इंगित गरेको उनको भनाइ छ।

उपनिर्वाचनमा घण्टी नबजाएर आफूहरुलाई सचेत गराएको ढकालले बताए । इलाम-२ को उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । तर, मिलन लिम्बुले जमानतसमेत जोगाउन सकेनन् । उनले चौथो स्थानमा रहँदै ५ हजार ५० मत मात्रै पाएका छन् ।

यी हुन् उपनिर्वाचनको मतपरिणामपछि रास्वपाले भनेका ५ कुरा

१. उपनिर्वाचनको मत परिणामबारे पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा गहन छलफल गर्नेछौँ
२. सही समयमा घण्टी नबजाएर हामीलाई सचेत गराइदिनु भयो
३. मत परिणामले हाम्रा कमिकमजोरिलाई इंगित गराएको छ
४. नतिजा अनुकुल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्धारा व्यक्त मतको हामी सदैव सम्मान गर्नेछौँ
५. निर्वाचनमा विजयी हुनुभएका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई तथा जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सक्षम हुनुहोस्

यस्तो छ रास्वपाको विज्ञप्ति