जसपाको केन्द्रीय निर्वाचन तदर्थ समिति गठन, संयोजकमा अधिवक्ता झा

जसपाको केन्द्रीय निर्वाचन तदर्थ समिति गठन, संयोजकमा अधिवक्ता झा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समितिको सदस्यमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् ।

पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले निर्वाचन गर्न गराउन आवश्यकताअनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधान बमोजिम समिति गठन गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्देशिकाअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको निर्वाचन प्रक्रिया अघि बढाउन प्रदेशका निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने बस्नेतले बताए ।