धनुषामा १५९ किलो गाँजा बरामद

धनुषामा १५९ किलो गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बैरियास्थित गोठबाट अवैध लागूऔषध गाँजा १५९ किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

गोठमा लागूऔषध लुकाइछिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बहेडाबेला र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी बरामद गरेको हो ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।