मुख्यमन्त्री पौडेले भने – प्रदेशको नाम र राजधानीको टुंगो तिहार लगत्तै हुन्छ

मुख्यमन्त्री पौडेले भने – प्रदेशको नाम र राजधानीको टुंगो तिहार लगत्तै हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहार लगत्तै प्रदेशको राजधानी र नामको टुंगो लाग्ने बताएका छन्।

अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम उद्घाटन गर्न चितवन आएका मुख्यमन्त्री पौडेलले भरतपुरमा संञ्चारकर्मीसंग कुरा गर्दैं प्रदेश ‘राजधानीको विषय संसदमा प्रवेश भैसकेकाले अब छलफलमा अघि बढ्छ। पौडेलले भने, राजधानी र नाम छिट्टै टुङ्गोमा पुग्छ।’

मुख्यमन्त्री पौडेलले प्रदेशको नामका विषयमा कुनै प्रस्ताब नआएको भन्दै नाममा त्यति ठूलो विवाद नरहेको दावीसमेत गरेका छन्। प्रदेशले एउटा निर्णयमा पुग्ने बाटो रोजिसकेकाले निर्णय हुनेमा आशंका नगर्न मुख्यमन्त्रीले आग्रह गरे।

प्रदेशको राजधानी र नाम टुङ्गाउन गाह्रो नभएको भन्दै उनले हतार नगरेको टिप्पणी समेत गरे। केन्द्र सरकार पनि समस्यामा रहेको भन्दै उनले केन्द्रले प्रदेशलाई पेल्यो भन्ने पक्षमा आफू नरहेको बताए। कानून निर्माण, कर्मचारी समायोजन लगाएतका केही समस्या छन,’ उनले भने, ‘त्यसले हामीलाई काम गर्न रोकेको छैन्।’