काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।
मंगलबार आलिताल गाउँपालिका-२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी डम्मरीदेवीलाई धनगढीस्थि मायामेट्रो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधवार निधन भएको हो।
अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको छ। मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।




प्रतिक्रिया