क्यानडा जाने विद्यार्थीका लागि क्यानडास्थित नेपाली दूतावासको ७ बुँदे सचेतनामुलक सन्देश

क्यानडा जाने विद्यार्थीका लागि क्यानडास्थित नेपाली दूतावासको ७ बुँदे सचेतनामुलक सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थीहरुले कलेज, विश्वविद्यालयहरुको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्नुपर्ने बताउदैँ क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले सचेतनामुलक सन्देश जारी गरेको छ ।।

बुधवार दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरुले पालना गर्नुपर्ने नियमबारे ७ बुँदामा जानकारी गराएको हो ।

जसअनुसार दुई वर्षका लागि क्यानडाले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु कटौती गर्ने तथा स्नातक र त्यसभन्दा मुनिको अध्ययन गर्ने विद्यार्थीलाई वर्क पर्मिट नदिने नयाँ नीति ल्याएको उल्लेख गर्दै दूतावासले अध्ययनमा आवश्यक रकमको व्यवस्था गरेर मात्रै विद्यार्थी पठाउन भनेको छ ।

‘क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ’, दूतावासले भनेको छ ।

यस्तो छ दूतावासले जारी गरेको ७ बुँदे जानकारी