आगलागीले जनजीवन प्रभावित,सरकारी संयन्त्र परिचालन गर्न नेवापसको आग्रह

आगलागीले जनजीवन प्रभावित,सरकारी संयन्त्र परिचालन गर्न नेवापसको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि-मनसुन अवधिमा वर्षा नहुँदा आगलागीका घटना बढेका छन्। देशैभर ३५० भन्दा बढी स्थानमा डढेलो लागेको छ।

आगलागीले जनजीवन प्रभावित भएको बेला सरकारी निकायमको पूर्वतयारी निकै फितलो भएकोप्रति नेपाल वातावरण पत्रकार समूह(नेवापस)को गम्भीर ध्यानाकर्षण भएको छ।

आगलागीका घटनाहरू बढ्दै गएको र यसका कारण वनजंगलमा क्षति पुग्नुका साथै मानवीय हताहती र घरवार नष्ट भएको समस्यहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेवापसले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

‘जलवायु परिवर्तनका कारण संसारभर आगलागीका घटना बढ्दै जाने कुरा जलवायु परिवर्तन यस सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसि) ले पटक पटक आफ्नो रिपोर्टहरुमा उल्लेख गर्ने गरेको छ । हरेक वर्ष हिउँद र वर्षत विचको सुख्खायामको समय बढ्दै गएको अनुसन्धानले देखाएको छ। यी सबै कुराहरुलाई ध्यानमा राख्दा डँडेलोको घटनाहरु आगामि वर्षहरुमा अझै बढेर जाने र हरियो वन नेपालको धन आख्यानमामात्रै सिमित हुन सक्ने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ,’ यस विषय नागरिकको मौलिक हकसँग पनि जोडिएको छ।

नेपालको संविधानको धारा ३० अनुसार नेपाली जनताका स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको छ। डँडेलोका कारण राजधानी लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ। यसका कारण बालबालिका र वृद्धिवृद्धाको स्वास प्रस्वामा नै समस्या देखिन थालेको छ।’

यसका साथै, नेवापस नेपाल सरकारलाई आगलागी नियन्त्रण र राहत वितरणलाई गम्भीर रुपमा हेर्न विशेष आग्रह गरेको छ। यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्नका लागि आपत्कालीन स्थितिको घोषणा गर्नुपर्नेसमेत आग्रह गर्दछ।