एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित, अन्य पदमा चुनाव हुने

एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित, अन्य पदमा चुनाव हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनबाट शर्मा निर्विरोध अध्यक्ष चयन भएका छन् ।

नवौं अधिवेशनमा अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दाबी गरे पनि अन्तिम समयमा आएर अध्यक्षका २ प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका छन् ।

५ पदाधिकारीसहित १२७ सदस्यका लागि निर्वाचन हुन लागेको छ । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा शुक्रबार निर्वाचन हुने कार्यतालिका छ ।

१ उपाध्यक्ष, १ सचिव र २ उपसचिव पदका लागि शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ ।

सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा सर्वसहमत हुन सकेको छैन ।