अदालतले जन्मकैदको सजाय गरेपछि लोसपा सांसद शर्मा निलम्बित (सूचनासहित)

अदालतले जन्मकैदको सजाय गरेपछि लोसपा सांसद शर्मा निलम्बित (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेका छन् ।

महोत्तरीमा २०७२ सालमा भएको मधेश आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।