ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले गर्‍यो वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले गर्‍यो वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले वित्तीय तथा डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरूको उपस्थिति थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूबारे जानकारी गराएका थिए ।

शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रूपमा स्थापित बैंक हो । बैंकमा ४६ लाखभन्दा बढी निक्षेपकर्ताहरु एवं ६० हजारभन्दा बढी ऋणी रहेका छन् ।

आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरू ग्राहकबीच पस्किँदै आइरहेको छ ।

कार्यक्रम विगत केही वर्षदेखि बैंकका सबैजसो शाखाहरूमार्फत हरेक वर्ष अभियानकै रूपमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी कुनै पनि डिजिटल बैंकिङ सुविधाहरू नलिएका, सुविधा लिएर पनि सुविधाको भरपुर उपभोग नगरेका तथा नियमित रूपमा सुविधाहरू प्रयोग गरेका ग्राहकलाई आमन्त्रण गरेको जानकारी गराइएको थियो ।