मापदण्ड विपरीत चलिरहेका अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

मापदण्ड विपरीत चलिरहेका अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले जारी गरेको परिपत्रमा मापदण्ड बमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने उल्लेख छ ।

मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा नियमावलीमा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकामा केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिक लगायत मापदण्ड बमोजिम नभएको पाइएको छ ।’

मन्त्रालयले स्वास्थ्य संस्थालाई सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर एवं स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड तथा अन्य प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।