सुदूरपश्चिमका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिट सर्वाेच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

सुदूरपश्चिमका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिट सर्वाेच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसार श्रेष्ठको संयुक्त इजलासले रिटलाई सुनुवाइका लागि पूर्ण इजलासमा पठाएका छन् ।

यसअघि मुख्यमन्त्रीमा दाबी पेश गरेर नियुक्त हुन नपाएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा वैशाख १० गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । ढकालको इजलासले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको थियो ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णय बदर गर्न माग गर्दै नाउपाका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका छन् ।