गण्डकीमा ठीक भइरहेको छैन, केन्द्रबाट भूमिका खेल्दैँछुः सभापति देउवा

गण्डकीमा ठीक भइरहेको छैन, केन्द्रबाट भूमिका खेल्दैँछुः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशसभाबाट मुख्यमन्त्री खगराज अधिकारीले पाएको विवादास्पद विश्वासको मतका सन्दर्भलाई लिएर गण्डकीका सांसदहरूले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने लगायतको समूह बुधबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पुगेर अधिकारीले पाएको विवादास्पद विश्वासको मतबारेमा जानकारी गराएका हुन् ।

गण्डकीका सांसदहरुले ख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक रहेको भन्दै देउवालाई केही पहल गर्न आग्रह गरे । जवाफमा देउवाले आफूले पार्टी केन्द्रबाट भूमिका खेल्ने बताए् । ‘ जुन गतिविधि भइरहेको छ, त्यो ठीक भइरहेको छैन। गलत भइरहेको छ। संविधानको उल्लंघन गर्ने काम ठीक भएन’, देउवाले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा उनको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यसलाई बहुमत मानेर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए। विश्वासको मत पाएको भनिएको सो प्रक्रियाविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पनि गएको छ।