सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालिकाले फेसबूकमा पोष्ट गरेका तस्वीरलाई अश्लील तस्वीरमा अनुहार जोडी अश्लील गतिविधियुक्त कन्टेन्ट लेखेर फेक फेसबूक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरुषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

उनीउपर काठमाण्डु जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।