तनहुँ – जिल्लाको व्यास नगरपालिका–३ अनसन चौतारी बस्ने ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ६८ हजार ८१८ रुपैयाँसहित पक्राउ गरेको छ ।
मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको हर्नेट राईफल १ थान, म्याग्जिन १ थान र गोली १ राउण्ड फेला पारी प्रहरीले बरामद गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया