झापामा २ किलो ५ ग्राम चाँदीसहित १ महिला पक्राउ

झापामा २ किलो ५ ग्राम चाँदीसहित १ महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट २ किलो ५ ग्राम चाँदीसहित भारतको उत्तराखण्ड देराजुङ बस्ने ३० वर्षीया तेन्जिङ छिरीङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाण्डु जान लागेकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा रहेको चाँदी फेला पारी पक्राउ गरेको हो ।

बरामद चाँदी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।